Sunday, November 18, 2012

Motion sickness वा Car sickness वा Sea sickness

गाडी, प्लेन वा पानि-जहाज चढ़दा रिंगटा लाग्ने(Dizziness) तथा वाक-वाक आउने (Nausea) समस्यालाई Motion sickness वा Car sickness वा Sea sickness भनिन्छ / आँखाले देख्ने चाल र कानको भित्रि भाग (Vestibular system) ले महशुस गर्ने चालबिच तालमेल नमिल्दा यस्तो स्थिति पैदा हुन पुग्दछ/ यो धेरै व्यक्तिमा देखिने एक प्रकारको साझा समस्या नै हो / बच्नका लागि उल्टो सिट गरेर नबस्ने, केहि बेर आँखा चिम्लने वा निदाउने प्रयास गर्ने, सकेसम्म लामो बाटो एक्लै यात्रा नगर्ने जस्ता सहज उपाय अपनाउन सकिन्छ /यदि समस्या नै पर्यो भने Promethazine(Avomine), Perinorm जस्ता औषधिको सेवन गर्न सकिन्छ / त्यसै गरी कागती वा अदुवाको प्रयोग पनि निक्कै लाभ-दायक हुन सक्दछ /

No comments:

Post a Comment