Sunday, November 11, 2012

Diabetes:Illusion & Reality

भ्रम नम्बर १. धेरै चिनी खायो भने डायबिटिज हुन्छ / 

यथार्थ : धेरै चिनी खानाले यो रोग लाग्ने हैन...यो त प्यान्क्रियाज नामक ग्रन्थी बाट 'इन्सुलिन' नामक हर्मोन जसले सुगरलाई शरीरको कोष-कोष सम्म पुर्याउन्छ, को आंशिक वा पूर्ण अभाव वा यस हर्मोनले काम गर्न नसक्ने अवस्थाका कारण रगतमा सुगरको मात्रा बढी हुन पुग्दछ र प्यास बढी लाग्ने, मुख सुक्ने, पिसाब बढी लाग्ने, अल्
छी लाग्ने, धेरै खाना रुच्ने र पनि दुब्लाउन्दै जाने जस्ता लक्ष्यण देखा पर्दछन....रोग लागेपछि रगतमा चिनीको मात्रा बढ्ने पक्कै हो तर 'धेरै चिनी खानाले 'सुगर' गोग लाग्ने भन्ने कुरा चाँही भ्रम नै हो'

भ्रम नम्बर २ . 'सुगर रोग' लागेका बिरामीले चिनी वा गुलियो कुरा खाने हुँदैन/

यथार्थ : सुगर रोग लागेका बेलामा त्यहि उमेरको स्वस्थ्य मानिसले खाने टोटल क्यालोरी भन्दा करिब दुई-तिहाई हुने गरी(१६००-१८०० किलोक्यलोरी) मात्र लिनु पर्दछ...तर गुलियो वा चिनी वा मिठाई मुखमा पार्ने हुँदैन भन्ने कदापी हैन... चाहे त्यो चिनी होस् वा रोटि होस् वा दाल होस् वा मासु होस्,दैनिक स्वीकृत क्यालोरी भन्दा बढी हुने गरेर चाँही केहि पनि खानु हुँदैन तर त्यति क्यालोरी भित्र रहने गरी भने गुलियो समेत पनि खान सकिन्छ/

No comments:

Post a Comment