Sunday, November 18, 2012

सिजेरियन सेक्शन

 (Caesarean Section) भन्नाले आमाको पेट(Abdomen) र पाठेघर(Uterus)को पत्र(Layer) चिर्ने अप्रेशन (Surgery) गरेर बच्चा जन्माउने विधिलाई बुझाउँछ / कतिपयले यसलाई 'सिजर' शब्द मात्र प्रयोग गर्नुहुन्छ जुन ठिक हैन /यस बिधि दुइ प्रकारको
 हुन्छ :
१)Planned अर्थात Elective Caesarean Section : यो भन्नाले सम्बन्धित डाक्टरले आमा वा बच्चाको कुनै बिशिस्ट कारणले गर्दा पहिले देखि नै योजना गरेर निर्धारित मितिमा गरिने अप्रेशनलाई बुझिन्छ/

२)Unplanned अर्थात Emergency Caesarean Section : यो भन्नाले बच्चा जन्मने बेलामा अचानक कुनै समस्या परेर साधारण डेलिभरी हुन् नसक्ने अवस्थामा तत्काल निर्णय लिएर गरिने यस प्रकारको अप्रेशनलाई बुझिन्छ /

No comments:

Post a Comment