Friday, November 30, 2012

स्टेथोस्कोप बारे रोचक तथ्य तथा भ्रम :

जानकारी : डाक्टरले बिरामीको छाती, मुटु, रक्तनशाको आवाजलाई ठुलो पारेर सुनी रोगको डायग्नोसिस गर्नका लागि प्रयोग गरिने यन्त्रलाई स्टेथोस्कोप भनिन्छ /

केही तथ्यहरु :
१. स्टेथोस्कोप शब्द ग्रीक शब्द हो जस 
अनुसार स्टेथोको अर्थ छाती र स्कोपको अर्थ जाँच्नु वा हेर्नु भन्ने हुन्छ /
२. यसको आविस्कार फ्रान्समा भएको हो, बैज्ञानिकको नाम थियो- लिनेक /
३. पहिलो स्टेथोस्कोप केवल काठको सामान्य ढुङ्ग्रो जस्तो मात्र थियो /
४. यसले साउन्डको रिफ्र्याक्सन सिस्टमबाट छाती,मुटु, रक्तनशाको ध्वनीलाई ठुलो पारी सुनाउने काम गर्दछ /

स्टेथोस्कोप बारे केही भ्रम हरु : 
- यसले आफै रोग बारे बताइदिन्छ /
-यसले रोग निको पारिदिन्छ /
- जँहा रोग छ, त्याँहा यो लगाउनै पर्दछ, चाहे त्यो घुंडा नै किन नहोस /
- यो नलगाएसम्म डाक्टरले जांचेकै छैन /.......आदि, आदि ...///


No comments:

Post a Comment