Saturday, November 17, 2012

Migraine

** के हो माइग्रेन (Migraine) ??
उत्तर : निश्चित समय (केहि हप्ता देखि केहि महिना) बिराएर निश्चित अवधि ( केहि घण्टा देखि केहि दिन) का लागि देखा पर्ने एक बिशेष टाउको दुखाइ हो माइग्रेन /

** कस्ता लक्ष्यण देखिन्छन माइग्रेनमा ??
उत्तर : प्रायश: टाउकोको एकापट्टी भाग बेस्कन दुख्दछ र साथमा वाक-वाक लाग्ने, वान्ता हुने, उज्यालो सहन नसक्ने जस्ता सहायक लक्ष्यण हरु देखिन्छन / यसका अलावा धेरै जसो केशमा टाउको द

ुख्ने अवधि शुरु हुनु केहि समय पहिले एक अनौठो र व्यक्ति पिच्छे फरक सांकेतिक लक्ष्यण जस्तै आँखा तिरमिराउने, अनौठो गन्ध महशुश हुने, झिंझो लाग्ने हुन सक्दछन जसलाई ''औरा''(Aura) भनिन्छ /

** केहि माइग्रेन सम्बन्धि तथ्यहरु :
- यो रोग पुरुषमा भन्दा महिलामा ज्यादा देखिन्छ /
- बन्शानुगत हिसाबले यो रोग सर्न सक्दछ /
- अल्कोहल, चिन्ता, ठुलो हल्ला, केहि खास-खास गन्ध चहकिलो लाइट, धुम्रपान आदिले माइग्रेन उक्साउन सक्दछ /

1 comment:

  1. I have a problem of headache but not migraine . what it could be? Please suggest.

    ReplyDelete