Sunday, November 11, 2012

Health Concern about Air Ambulance


** के हो एअर एम्बुलेन्स ??
- एअर एम्बुलेन्स अन्य प्लेन वा हेलिकोप्टर नै हो जसमा उपचारका उपकरणहरु जस्तै अक्सिजन, भेनटिलेटर, सक्शन मेशिन, इसिजी मोनिटर लगायत जडिएका हुन्छन /

** भारतका अस्पतालमा के सुबिधा बढी छन् र त्यता लानु पर्ने
 होला ??
- नेपालमा पनि उपचारका क्षेत्रमा पहिले भन्दा प्रगति भए ता पनि अझै कतिपय नयाँ पद्दति हरु, जो रोग पत्ता लगाउन मा अपरिहार्य छन्, को अभाव नै छ...र कतिपय नयाँ मेशिनहरु सार्है महंगा पर्ने हुनाले नेपालका अस्पतालहरुमा राख्न गाह्रो पर्दछ तर इन्डियामा भने मार्केट ठुलो भएको र उसले मेडिकल टुरिजमका माध्यमले बिदेशीहरुलाई पनि उपचारका लागि तान्ने गरेकाले त्याँहा त्यस्ता मेशिनहरु छन्

** इन्डियामा जचाउन जाँदा कुन ठाउँ र अस्पताल छान्ने त ?
- इन्डियाका मुख्य-मुख्य शहरहरुमा राम्रा-राम्रा अस्पताल खुलेका छन्, आफुलाई पायक पर्ने शहरमा जानु उपयुक्त हुन्छ...अस्पतालका हकमा भने धेरै डाक्टरहरु अस्पताल परिवर्तन गरिरहने हुनाले अस्पतालको कोण बाट भन्दा पनि डाक्टरको कोण बाट अस्पताल छनौट गर्नु उपयुक्त हुन्छ ...याँहाको जानकारीका लागि इन्डियामा १० हजार जतिको संख्यामा अस्पताल खुलेका छन्

** राम्रो अस्पताल वा डाक्टर बारे जानकारी पाउन के गर्ने त ?
- हेल्थ कन्सर्नले सहारा ग्रुपको सहकार्यमा ४०० भन्दा बढी अस्पताल र १० हजार भन्दा बढी डाक्टरको जानकारी राख्नुका साथै सम्बन्ध कायम गरेकाले यस्तो अवस्थामा हाम्रो जानकारी उपयोगी हुन सक्दछ ....र ...त्याँहा पुगे पछी देखि फर्किएर आए सम्मका सम्पूर्ण पक्ष्यलाई हेल्थ कन्सर्नले जिम्मा लिदिने हुनाले ...कथंकदाचित उपचारका लागि इन्डिया जानु पर्यो वा कसैलाई लानु पर्यो भने निश्चिन्त रहनु होला ....

...............................धन्यबाद...................................

1 comment:

  1. Thanks to Health Concern for these useful suggestions on healing process of Nepalese Health.

    ReplyDelete