Health Concern about Air Ambulance
** के हो एअर एम्बुलेन्स ?? - एअर एम्बुलेन्स अन्य प्लेन वा हेलिकोप्टर नै हो जसमा उपचारका उपकरणहरु जस्तै अक्सिजन, भेनटिलेटर, सक्शन मेशिन, इसिजी मोनिटर लगायत जडिएका हुन्छन / ** भारतका अस्पतालमा के सुबिधा बढी छन् र त्यता लानु पर्ने होला ?? - नेपालमा पनि उपचारका क्षेत्रमा पहिले भन्दा प्रगति भए ता पनि अझै कतिपय नयाँ पद्दति हरु, जो रोग पत्ता लगाउन मा अपरिहार्य छन्, को अभाव नै छ...र कतिपय नयाँ मेशिनहरु सार्है महंगा पर्ने हुनाले नेपालका अस्पतालहरुमा राख्न गाह्रो पर्दछ तर इन्डियामा भने मार्केट ठुलो भएको र उसले मेडिकल टुरिजमका माध्यमले बिदेशीहरुलाई पनि उपचारका लागि तान्ने गरेकाले त्याँहा त्यस्ता मेशिनहरु छन् ** इन्डियामा जचाउन जाँदा कुन ठाउँ र अस्पताल छान्ने त ? - इन्डियाका मुख्य-मुख्य शहरहरुमा राम्रा-राम्रा अस्पताल खुलेका छन्, आफुलाई पायक पर्ने शहरमा जानु उपयुक्त हुन्छ...अस्पतालका हकमा भने धेरै डाक्टरहरु अस्पताल परिवर्तन गरिरहने हुनाले अस्पतालको कोण बाट भन्दा पनि डाक्टरको कोण बाट अस्पताल छनौट गर्नु उपयुक्त हुन्छ ...याँहाको जानकारीका लागि इन्डियामा १० हजार जतिको संख्यामा अस्पताल खुलेका छन...
Comments
Post a Comment