Dashain and Health

दशैंमा स्वास्थ्यको ख्याल गर्ने कसरी ?? ...तल भने जसरी !!! 

१. चंगा उडाउँदा ख्याल गरौँ - चंगा जुधाउने क्रममा बिचार नै नगरी पछाडी नसरौं, यसबाट धेरै दुर्घटना भएका छन् 
२. पिंग खेल्दा ख्याल गरौँ - दशैंको टाइममा पिंग खेल्ने क्रममा लडेर हात-खुट्टा भाँचिएको वा चोट-पटक लागेको पनि धेरै सुनिन्छ, पिंग खेल्दा राम्रो संग समाएर खेलौं वा दोहरी नखेलौं 
३. दशैंको समयमा खाना नपच्ने र दिशा लाग्ने पनि धेरै हुन्छ, जु
न घरमा जाँदा पनि खाँदै जाने क्रममा नपच्ने गरी नखाउँ
४. चिल्लो, पिरो, अमिलो लगायतका खानाले Gastritis को समस्या गर्छ, होस् पुर्याऊं
५. रक्सीको सेवनले Gastritis ,Liver damage जस्ता समस्या तथा झैँ-झगडा निम्तिएका प्रशस्त उदाहरण छन् , सचेत रहूँ
६. मासुको छनौट गर्दा ताजा, कम बोसो भएको, झिंगा नभन्किएको, नगनाएको र सफा पसलबाट मात्र खरिद गरौँ, बाँकी भएको मासुलाई पटक-पटक तताएर खाने बानि नगरौं बरु प्रत्येक दिन ताजा मासु पकाउने ब्यबस्था गरौँ र , मासु जोगाउनका लागि डीप-फ्रिजको प्रयोग गरौँ

Comments

Popular posts from this blog

Green Tea

स्टेथोस्कोप बारे रोचक तथ्य तथा भ्रम :