के हो टन्सिल ???

जिब्रोको पछाडी पट्टि घाँटीको दाँया र बाँया रहेको बिशेष ग्रन्थी हो टन्सिल (Tonsil)/ यो प्राय सबै व्यक्तिमा रहेको हुन्छ तर सामान्यतया: टड्कारो देखिंदैन भने बच्चाहरुमा चाँही प्रायश: प्रस्ट देखिन्छ / यसको मुख्य काम हाम्रो शरीरको रोग प्रतिरक्ष्या प्रणाली(Immunity) लाई सघाई शरीरलाई इन्फेक्शन बाट सुरक्षित राख्न मद्दत गर्नु हो /

के हो टन्सिलाइटिस ??

कहिले काँही केही ब्याक्टेरियाक

ा कारण टन्सिल सुन्निने र रातो हुने गर्दछ जुन अवस्थालाई टन्सिलाइटिस(Tonsillitis) भन्ने गरिन्छ /

के देखिन्छन लक्ष्यणहरु (Symptoms) ?? :

Sore throat अर्थात घांटी दुखेको वा अप्ठ्यारो भएको महशुश हुनु,Dysphagia अर्थात निल्न अप्ठ्यारो हुनु, Myalgia अर्थात जिउ दुख्नु, Fatigue अर्थात थकान महशुश हुनु,Fever अर्थात ज्वरो आउनु

यस्तो अवस्थामा तपाइंको डाक्टरले टर्चको मद्दतले जिब्रोलाई 'Tongue depressor' ले तल ठेलेर 'आआं' गर्न लगाई बढेको रातो वा पिप भरिएको टन्सिल देख्नुहुन्छ/

उपचार :

चिल्लो/पिरो/अमिलो/चिसो नखाई तातो पानीको प्रयोग र नुन-पानीको गल्ला ( काँक्रो/मुला बाट नुनले जसरि पानी सोस्दछ, त्यसरी नै यसले सुन्निएको टन्सिल बसाउन मद्दत गर्दछ) गर्नाले धेरै नै राहत मिल्दछ/ त्यसै गरी सिटामोल वा ब्रुफेन जस्ता औषधिको प्रयोगले सुन्निने र रातो हुने प्रक्रिया कम गर्दछ तथा ज्वरो पनि कम गर्दछ/ यसै गरी डाक्टरको सल्लाहले उचित को प्रयोग गर्नु श्रेयस्कर हुन्छ /

थप जानकारीका लागि हेल्थ कन्सर्नको फोन नम्बर ४४८५८८० मा सम्पर्क गर्नुहोस /

Comments

Popular posts from this blog

Green Tea

स्टेथोस्कोप बारे रोचक तथ्य तथा भ्रम :