Posts

स्टेथोस्कोप बारे रोचक तथ्य तथा भ्रम :

Image
जानकारी : डाक्टरले बिरामीको छाती, मुटु, रक्तनशाको आवाजलाई ठुलो पारेर सुनी रोगको डायग्नोसिस गर्नका लागि प्रयोग गरिने यन्त्रलाई स्टेथोस्कोप भनिन्छ / केही तथ्यहरु : १. स्टेथोस्कोप शब्द ग्रीक शब्द हो जस  अनुसार स्टेथोको अर्थ छाती र स्कोपको अर्थ जाँच्नु वा हेर्नु भन्ने हुन्छ / २. यसको आविस्कार फ्रान्समा भएको हो, बैज्ञानिकको नाम थियो- लिनेक / ३. पहिलो स्टेथोस्कोप केवल काठको सामान्य ढुङ्ग्रो जस्तो मात्र थियो / ४. यसले साउन्डको रिफ्र्याक्सन सिस्टमबाट छाती,मुटु, रक्तनशाको ध्वनीलाई ठुलो पारी सुनाउने काम गर्दछ / स्टेथोस्कोप बारे केही भ्रम हरु :   - यसले आफै रोग बारे बताइदिन्छ / -यसले रोग निको पारिदिन्छ / - जँहा रोग छ, त्याँहा यो लगाउनै पर्दछ, चाहे त्यो घुंडा नै किन नहोस / - यो नलगाएसम्म डाक्टरले जांचेकै छैन /.......आदि, आदि ...///

Green Tea

Image
Research from China suggests that drinking green tea may provide benefits beyond protecting us against cardiovascular diseases, esophageal cancer, high blood pressure and the development of Alzheimer’s disease . In studies with mice, the in vestigators found that epigallocatechin-3 galate (EGCG), an antioxidant found in green tea, boosts production of neural progenitor cells. These progenitor cells can help promote neurogenesis - the formation of new brain cells (neurons) in the hippocampus, the part of the brain that transfers information from short term to long-term memory. They found that, in mice, the new cells appear to improve memory, learning and combat degenerative diseases.

जानिराखौं ! बुझिराखौं !!

जुनसुकै कारणले ज्वरो आओस वा भाइरल रुघा मात्रै किन नहोस, धेरै जसोमा एन्टीबायोटिक खाइहाल्नु पर्दछ;यसो गरे छिटो ठिक हुन्छ भन्ने सोच रहेको देखिन्छ / तर वास्तबमा एन्टिबायोटिक भनेको किटानु अर्थात ब्याक्टेरियालाई मार्ने वा बढ्न नदिने औषधि हो / जुन अवस्थामा रोग गराउन ब्याक्टेरियाको भूमिका हुँदैन, त्यस्तो अवस्थामा पनि एन्टिबायोटिक लिनु (Misuse) एबम चाहिने अवस्थामा नै पनि छिटो ठिक भइएला कि भनी आवश्यक डोज भन्दा बढी एन्टिबायोटिक लिनु (Overuse) ले अबको दिनमा ब्याक्टेरियाले एन्टिबायोटिकलाई नटेर्ने अर्थात 'Antibiotic Resistance' को अवस्था सृजना हुन् सक्दछ / ......तसर्थ......एन्टिबायोटिकको  आफूखुशी प्रयोग नगरौं ...आफ्नै हितका लागि //...........धन्यबाद /

Pacentric in Asia

Image

Acute Appendicitis

Image
Knowledge Prescription: about ''Acute Appendicitis'' 

Aphthous Ulcer

Image
तपाईं मध्ये धेरैलाई कुनै न कुनै समयमा तल चित्रमा देखिए जस्तै मुख भित्र चर्हाउने घाउ आएको हुनुपर्छ/ नेपालीमा खास्सै कुनै नाम नभए पनि अंग्रेजीमा भने यसलाई Aphthous Ulcer भनिन्छ/ यसको ट्वाक्कै यहि नै कारण हो भन्ने नभए पनि स्ट्रेस, अनिन्द्रा,  जिंकको कमि, भिटामिनको कमि, कुनै औषधिका कारण इम्युनिटी कम हुनु जस्ता कारण हुन् सक्छन/ सेतो पृष्ठभुमिको वरपर रातो रुपमा प्रस्तुत हुने यस प्रकारको अल्सर हुन त सामान्यतया ३-५ दिन भित्रमा आफै निको हुन्छ/ तर यस बेलामा चर्हाएको कम गर्न लोकल अनेस्थेटिक मिसिएको मल्हमको प्रयोग गर्न सकिन्छ भने संगै मल्टि-भिटामिन र जिंकको सेवन गर्न सकिन्छ/