To find out appropriate doctor and hospital, you are welcome to take service of Health Concern.
You just dial 9841-485603
or
simply log on www.healthconcern.com.np
Blood pressure
Get link
Facebook
X
Pinterest
Email
Other Apps
-
Health Concern Video on steps to take Blood Pressure.
** के हो माइग्रेन (Migraine) ?? उत्तर : निश्चित समय (केहि हप्ता देखि केहि महिना) बिराएर निश्चित अवधि ( केहि घण्टा देखि केहि दिन) का लागि देखा पर्ने एक बिशेष टाउको दुखाइ हो माइग्रेन / ** कस्ता लक्ष्यण देखिन्छन माइग्रेनमा ?? उत्तर : प्रायश: टाउकोको एकापट्टी भाग बेस्कन दुख्दछ र साथमा वाक-वाक लाग्ने, वान्ता हुने, उज्यालो सहन नसक्ने जस्ता सहायक लक्ष्यण हरु देखिन्छन / यसका अलावा धेरै जसो केशमा टाउको द ुख्ने अवधि शुरु हुनु केहि समय पहिले एक अनौठो र व्यक्ति पिच्छे फरक सांकेतिक लक्ष्यण जस्तै आँखा तिरमिराउने, अनौठो गन्ध महशुश हुने, झिंझो लाग्ने हुन सक्दछन जसलाई ''औरा''(Aura) भनिन्छ / ** केहि माइग्रेन सम्बन्धि तथ्यहरु : - यो रोग पुरुषमा भन्दा महिलामा ज्यादा देखिन्छ / - बन्शानुगत हिसाबले यो रोग सर्न सक्दछ / - अल्कोहल, चिन्ता, ठुलो हल्ला, केहि खास-खास गन्ध चहकिलो लाइट, धुम्रपान आदिले माइग्रेन उक्साउन सक्दछ /
जुनसुकै कारणले ज्वरो आओस वा भाइरल रुघा मात्रै किन नहोस, धेरै जसोमा एन्टीबायोटिक खाइहाल्नु पर्दछ;यसो गरे छिटो ठिक हुन्छ भन्ने सोच रहेको देखिन्छ / तर वास्तबमा एन्टिबायोटिक भनेको किटानु अर्थात ब्याक्टेरियालाई मार्ने वा बढ्न नदिने औषधि हो / जुन अवस्थामा रोग गराउन ब्याक्टेरियाको भूमिका हुँदैन, त्यस्तो अवस्थामा पनि एन्टिबायोटिक लिनु (Misuse) एबम चाहिने अवस्थामा नै पनि छिटो ठिक भइएला कि भनी आवश्यक डोज भन्दा बढी एन्टिबायोटिक लिनु (Overuse) ले अबको दिनमा ब्याक्टेरियाले एन्टिबायोटिकलाई नटेर्ने अर्थात 'Antibiotic Resistance' को अवस्था सृजना हुन् सक्दछ / ......तसर्थ......एन्टिबायोटिकको आफूखुशी प्रयोग नगरौं ...आफ्नै हितका लागि //...........धन्यबाद /
Comments
Post a Comment