Posts

स्टेथोस्कोप बारे रोचक तथ्य तथा भ्रम :

Image
जानकारी : डाक्टरले बिरामीको छाती, मुटु, रक्तनशाको आवाजलाई ठुलो पारेर सुनी रोगको डायग्नोसिस गर्नका लागि प्रयोग गरिने यन्त्रलाई स्टेथोस्कोप भनिन्छ / केही तथ्यहरु : १. स्टेथोस्कोप शब्द ग्रीक शब्द हो जस  अनुसार स्टेथोको अर्थ छाती र स्कोपको अर्थ जाँच्नु वा हेर्नु भन्ने हुन्छ / २. यसको आविस्कार फ्रान्समा भएको हो, बैज्ञानिकको नाम थियो- लिनेक / ३. पहिलो स्टेथोस्कोप केवल काठको सामान्य ढुङ्ग्रो जस्तो मात्र थियो / ४. यसले साउन्डको रिफ्र्याक्सन सिस्टमबाट छाती,मुटु, रक्तनशाको ध्वनीलाई ठुलो पारी सुनाउने काम गर्दछ / स्टेथोस्कोप बारे केही भ्रम हरु :   - यसले आफै रोग बारे बताइदिन्छ / -यसले रोग निको पारिदिन्छ / - जँहा रोग छ, त्याँहा यो लगाउनै पर्दछ, चाहे त्यो घुंडा नै किन नहोस / - यो नलगाएसम्म डाक्टरले जांचेकै छैन /.......आदि, आदि ...///

Green Tea

Image
Research from China suggests that drinking green tea may provide benefits beyond protecting us against cardiovascular diseases, esophageal cancer, high blood pressure and the development of Alzheimer’s disease . In studies with mice, the in vestigators found that epigallocatechin-3 galate (EGCG), an antioxidant found in green tea, boosts production of neural progenitor cells. These progenitor cells can help promote neurogenesis - the formation of new brain cells (neurons) in the hippocampus, the part of the brain that transfers information from short term to long-term memory. They found that, in mice, the new cells appear to improve memory, learning and combat degenerative diseases.

जानिराखौं ! बुझिराखौं !!

जुनसुकै कारणले ज्वरो आओस वा भाइरल रुघा मात्रै किन नहोस, धेरै जसोमा एन्टीबायोटिक खाइहाल्नु पर्दछ;यसो गरे छिटो ठिक हुन्छ भन्ने सोच रहेको देखिन्छ / तर वास्तबमा एन्टिबायोटिक भनेको किटानु अर्थात ब्याक्टेरियालाई मार्ने वा बढ्न नदिने औषधि हो / जुन अवस्थामा रोग गराउन ब्याक्टेरियाको भूमिका हुँदैन, त्यस्तो अवस्थामा पनि एन्टिबायोटिक लिनु (Misuse) एबम चाहिने अवस्थामा नै पनि छिटो ठिक भइएला कि भनी आवश्यक डोज भन्दा बढी एन्टिबायोटिक लिनु (Overuse) ले अबको दिनमा ब्याक्टेरियाले एन्टिबायोटिकलाई नटेर्ने अर्थात 'Antibiotic Resistance' को अवस्था सृजना हुन् सक्दछ / ......तसर्थ......एन्टिबायोटिकको  आफूखुशी प्रयोग नगरौं ...आफ्नै हितका लागि //...........धन्यबाद /

Pacentric in Asia

Image

Acute Appendicitis

Image
Knowledge Prescription: about ''Acute Appendicitis'' 

Aphthous Ulcer

Image
तपाईं मध्ये धेरैलाई कुनै न कुनै समयमा तल चित्रमा देखिए जस्तै मुख भित्र चर्हाउने घाउ आएको हुनुपर्छ/ नेपालीमा खास्सै कुनै नाम नभए पनि अंग्रेजीमा भने यसलाई Aphthous Ulcer भनिन्छ/ यसको ट्वाक्कै यहि नै कारण हो भन्ने नभए पनि स्ट्रेस, अनिन्द्रा,  जिंकको कमि, भिटामिनको कमि, कुनै औषधिका कारण इम्युनिटी कम हुनु जस्ता कारण हुन् सक्छन/ सेतो पृष्ठभुमिको वरपर रातो रुपमा प्रस्तुत हुने यस प्रकारको अल्सर हुन त सामान्यतया ३-५ दिन भित्रमा आफै निको हुन्छ/ तर यस बेलामा चर्हाएको कम गर्न लोकल अनेस्थेटिक मिसिएको मल्हमको प्रयोग गर्न सकिन्छ भने संगै मल्टि-भिटामिन र जिंकको सेवन गर्न सकिन्छ/

Cancer Introduction

Image
LETS READ and SHARE......Here is some basic information about Cancer by a medical oncologist of Nepal. If you want to know further,do let us know or do write to the author. Thank you.

सिजेरियन सेक्शन

Image
 (Caesarean Section) भन्नाले आमाको पेट(Abdomen) र पाठेघर(Uterus)को पत्र(Layer) चिर्ने अप्रेशन (Surgery) गरेर बच्चा जन्माउने विधिलाई बुझाउँछ / कतिपयले यसलाई 'सिजर' शब्द मात्र प्रयोग गर्नुहुन्छ जुन ठिक हैन /यस बिधि दुइ प्रकारको  हुन्छ : १)Planned अर्थात Elective Caesarean Section : यो भन्नाले सम्बन्धित डाक्टरले आमा वा बच्चाको कुनै बिशिस्ट कारणले गर्दा पहिले देखि नै योजना गरेर निर्धारित मितिमा गरिने अप्रेशनलाई बुझिन्छ/ २)Unplanned अर्थात Emergency Caesarean Section : यो भन्नाले बच्चा जन्मने बेलामा अचानक कुनै समस्या परेर साधारण डेलिभरी हुन् नसक्ने अवस्थामा तत्काल निर्णय लिएर गरिने यस प्रकारको अप्रेशनलाई बुझिन्छ /

Sinusitis

Image

Motion sickness वा Car sickness वा Sea sickness

गाडी, प्लेन वा पानि-जहाज चढ़दा रिंगटा लाग्ने(Dizziness) तथा वाक-वाक आउने (Nausea) समस्यालाई Motion sickness वा Car sickness वा Sea sickness भनिन्छ / आँखाले देख्ने चाल र कानको भित्रि भाग (Vestibular system) ले महशुस गर्ने चालबिच तालमेल नमिल्दा यस्तो स्थिति पैदा हुन पुग्दछ/ यो धेरै व्यक्तिमा देखिने एक प्रकारको साझा समस्या नै हो / बच्नका लागि उल्टो सिट गरेर नबस्ने, केहि बेर आँखा चिम्लने वा निदाउने प्रयास गर्ने, सकेसम्म लामो बाटो एक्लै यात्रा नगर्ने जस्ता सहज उपाय अपनाउन सकिन्छ /यदि समस्या नै पर्यो भने Promethazine(Avomine), Perinorm जस्ता औषधिको सेवन गर्न सकिन्छ / त्यसै गरी कागती वा अदुवाको प्रयोग पनि निक्कै लाभ-दायक हुन सक्दछ /

के हो टन्सिल ???

जिब्रोको पछाडी पट्टि घाँटीको दाँया र बाँया रहेको बिशेष ग्रन्थी हो टन्सिल (Tonsil)/ यो प्राय सबै व्यक्तिमा रहेको हुन्छ तर सामान्यतया: टड्कारो देखिंदैन भने बच्चाहरुमा चाँही प्रायश: प्रस्ट देखिन्छ / यसको मुख्य काम हाम्रो शरीरको रोग प्रतिरक्ष्या प्रणाली(Immunity) लाई सघाई शरीरलाई इन्फेक्शन बाट सुरक्षित राख्न मद्दत गर्नु हो / के हो टन्सिलाइटिस ?? कहिले काँही केही ब्याक्टेरियाक ा कारण टन्सिल सुन्निने र रातो हुने गर्दछ जुन अवस्थालाई टन्सिलाइटिस(Tonsillitis) भन्ने गरिन्छ / के देखिन्छन लक्ष्यणहरु (Symptoms) ?? : Sore throat अर्थात घांटी दुखेको वा अप्ठ्यारो भएको महशुश हुनु,Dysphagia अर्थात निल्न अप्ठ्यारो हुनु, Myalgia अर्थात जिउ दुख्नु, Fatigue अर्थात थकान महशुश हुनु,Fever अर्थात ज्वरो आउनु यस्तो अवस्थामा तपाइंको डाक्टरले टर्चको मद्दतले जिब्रोलाई 'Tongue depressor' ले तल ठेलेर 'आआं' गर्न लगाई बढेको रातो वा पिप भरिएको टन्सिल देख्नुहुन्छ/ उपचार : चिल्लो/पिरो/अमिलो/चिसो नखाई तातो पानीको प्रयोग र नुन-पानीको गल्ला ( काँक्रो/मुला बाट नुनले जसरि पानी सोस्दछ, त्यसरी नै यसले सुन्निएको...

blood donation

Image

Water and Our Body

Fact 1 : Between 60%-75% of an adult's body weight is water Fact 2 : Our brain is 75% water (which is why even mild dehydration causes headache) Fact 3 : Our blood is 92% water Fact 4 : Our muscles are 75% water

Migraine

** के हो माइग्रेन (Migraine) ?? उत्तर : निश्चित समय (केहि हप्ता देखि केहि महिना) बिराएर निश्चित अवधि ( केहि घण्टा देखि केहि दिन) का लागि देखा पर्ने एक बिशेष टाउको दुखाइ हो माइग्रेन / ** कस्ता लक्ष्यण देखिन्छन माइग्रेनमा ?? उत्तर : प्रायश: टाउकोको एकापट्टी भाग बेस्कन दुख्दछ र साथमा वाक-वाक लाग्ने, वान्ता हुने, उज्यालो सहन नसक्ने जस्ता सहायक लक्ष्यण हरु देखिन्छन / यसका अलावा धेरै जसो केशमा टाउको द ुख्ने अवधि शुरु हुनु केहि समय पहिले एक अनौठो र व्यक्ति पिच्छे फरक सांकेतिक लक्ष्यण जस्तै आँखा तिरमिराउने, अनौठो गन्ध महशुश हुने, झिंझो लाग्ने हुन सक्दछन जसलाई ''औरा''(Aura) भनिन्छ / ** केहि माइग्रेन सम्बन्धि तथ्यहरु : - यो रोग पुरुषमा भन्दा महिलामा ज्यादा देखिन्छ / - बन्शानुगत हिसाबले यो रोग सर्न सक्दछ / - अल्कोहल, चिन्ता, ठुलो हल्ला, केहि खास-खास गन्ध चहकिलो लाइट, धुम्रपान आदिले माइग्रेन उक्साउन सक्दछ /

Collaboration

Collaboration Between Health Concern, Nepal and Sahara Medical http://www.youtube.com/watch?v=a3IGJdCH2gQ&feature=youtu.be

Diabetes:Illusion & Reality

भ्रम नम्बर १. धेरै चिनी खायो भने डायबिटिज हुन्छ /  यथार्थ : धेरै चिनी खानाले यो रोग लाग्ने हैन...यो त प्यान्क्रियाज नामक ग्रन्थी बाट 'इन्सुलिन' नामक हर्मोन जसले सुगरलाई शरीरको कोष-कोष सम्म पुर्याउन्छ, को आंशिक वा पूर्ण अभाव वा यस हर्मोनले काम गर्न नसक्ने अवस्थाका कारण रगतमा सुगरको मात्रा बढी हुन पुग्दछ र प्यास बढी लाग्ने, मुख सुक्ने, पिसाब बढी लाग्ने, अल् छी लाग्ने, धेरै खाना रुच्ने र पनि दुब्लाउन्दै जाने जस्ता लक्ष्यण देखा पर्दछन....रोग लागेपछि रगतमा चिनीको मात्रा बढ्ने पक्कै हो तर 'धेरै चिनी खानाले 'सुगर' गोग लाग्ने भन्ने कुरा चाँही भ्रम नै हो' भ्रम नम्बर २ . 'सुगर रोग' लागेका बिरामीले चिनी वा गुलियो कुरा खाने हुँदैन/ यथार्थ : सुगर रोग लागेका बेलामा त्यहि उमेरको स्वस्थ्य मानिसले खाने टोटल क्यालोरी भन्दा करिब दुई-तिहाई हुने गरी(१६००-१८०० किलोक्यलोरी) मात्र लिनु पर्दछ...तर गुलियो वा चिनी वा मिठाई मुखमा पार्ने हुँदैन भन्ने कदापी हैन... चाहे त्यो चिनी होस् वा रोटि होस् वा दाल होस् वा मासु होस्,दैनिक स्वीकृत क्यालोरी भन्दा बढी हुने गरेर चाँही केहि पनि खा...

Why there is obesity in hypothyroidism???

Thyroxin is required for the burning of fat through the process of metabolism...in hypothyroidism, this process is hampered due to low level of thyroxin, so there is accumulation of fat leading to obesity.

Dashain and Health

दशैंमा स्वास्थ्यको ख्याल गर्ने कसरी ?? ...तल भने जसरी !!!  १. चंगा उडाउँदा ख्याल गरौँ - चंगा जुधाउने क्रममा बिचार नै नगरी पछाडी नसरौं, यसबाट धेरै दुर्घटना भएका छन्  २. पिंग खेल्दा ख्याल गरौँ - दशैंको टाइममा पिंग खेल्ने क्रममा लडेर हात-खुट्टा भाँचिएको वा चोट-पटक लागेको पनि धेरै सुनिन्छ, पिंग खेल्दा राम्रो संग समाएर खेलौं वा दोहरी नखेलौं  ३. दशैंको समयमा खाना नपच्ने र दिशा लाग्ने पनि धेरै हुन्छ, जु न घरमा जाँदा पनि खाँदै जाने क्रममा नपच्ने गरी नखाउँ ४. चिल्लो, पिरो, अमिलो लगायतका खानाले Gastritis को समस्या गर्छ, होस् पुर्याऊं ५. रक्सीको सेवनले Gastritis ,Liver damage जस्ता समस्या तथा झैँ-झगडा निम्तिएका प्रशस्त उदाहरण छन् , सचेत रहूँ ६. मासुको छनौट गर्दा ताजा, कम बोसो भएको, झिंगा नभन्किएको, नगनाएको र सफा पसलबाट मात्र खरिद गरौँ, बाँकी भएको मासुलाई पटक-पटक तताएर खाने बानि नगरौं बरु प्रत्येक दिन ताजा मासु पकाउने ब्यबस्था गरौँ र , मासु जोगाउनका लागि डीप-फ्रिजको प्रयोग गरौँ

Piles

अल्काई अर्थात Piles हुने बिरामीहरुले  ** खानु पर्ने ३ चिज : प्रशस्त पानी(दिनको ३-४ लिटर), फलफुल तथा साग-सब्जी (सकेजत्ति धेरै) ** खानै नहुने ५ चिज : अल्कोहल, मासु, पिरो, अदुवा तथा मसलादार खाना